spot_img

सवारी ज्यान मुद्दामा नक्कली अभियुक्त खडा गरी घुस लिएको आरोपमा प्रहरी निरीक्षक पक्राउ

spot_img
spot_img

काठमाडौं । सवारी ज्यान मुद्दाका अभियुक्तलाई जोगाउन भूमिका खेलेको आरोपमा एक जना प्रहरी निरीक्षक अनुसन्धानमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोबहादुर जिसीमाथि अनुसन्धान थालेको हो ।

आयोगका एक अधिकारीका अनुसार जिसीलाई मंगलबार हिरासतमा लिएर छानविन थालिएको छ । जिसीले नक्कली अभियुक्त खडा गर्न १० लाख रुपैयाँ लिएको अख्यितारमा उजुरी परेको थियो । पूर्व-पश्चिम राजमार्ग अन्तरगत जिसी मातहतको क्षेत्रमा पर्ने ठाउँमा ११ वैशाखमा बोधराज पाण्डेले चलाएको जीपले मोटरासाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका थिए ।

तर, जिसीले पाण्डेलाई जोगाएर अर्कै व्यक्तिलाई सवारी चालक बनाउन भूमिका खेलेको अख्यितारले जनाएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय