spot_img

बीरगंजबाट २ जना हुण्डी कारोवारी करिब ३ लाख नगदसहित रंगेहात पक्राउ

spot_img
spot_img

बीरगंज, २३ जेठ — बीरगंज महानगरपालिका वडा न. १६ रजतजयन्ती बाट प्रहरीले २ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले बाराको सिमरा उपमहानगरपालिका वडा न. ७ पहाडीटोलका २२ वर्षीय रोशन साह र भारतको बिहार जिल्ला मोतिहारी ग्राम पंचायत सुगौली वडा नं. १० का २२ वर्षीय सौरभ कुमारलाई २ लाख ९९ हजार ५०० रुपैयाँसहित पक्राउ गरेको हो । ।

उनीहरुको साथबाट दुईवटा मोवाइल समेत बरामद गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय