spot_img

 प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके ‘राधे’ पक्राउ

spot_img
spot_img

काठमाडाैँ, २३ जेठ — प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् । भण्डारी हतियारसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका हुन् । प्रहरीले राधेसहित उनका केही सहयोगीलाई समेत पक्राउ गरेको जनाएको छ ।

प्रहरीलाई देखेपछि राधेको समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो । ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धदिङले जनाएको छ।

राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका थिए । त्यसपछि राधे चर्चामा आएका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय