spot_img

बम पड्काउने र लुटपाट गर्नेहरु सफल हुँदैनन् : प्रधानमन्त्री ओली

spot_img
spot_img

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्नेहरुलाई सफल हुन नदिने बताएका छन् । भक्तपुरका चारवटै नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुक्रबार प्रारम्भ गर्दै उनले भने ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफल हुँदैनन् ।’

प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको र ‘हरेक दिन नयाँ–नयाँ कामको थालनी भइरहेको बताएका छन् । ‘मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र सम्मृद्धिको उत्सव मनाउँदै गर्दा अझैपनि केही मुर्खहरुलाई राजतन्त्र चाएिको छ, प्रधानमन्त्री ओलीले भने ।’

‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको प्रष्ट पारेका छन् ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए । उनले चालू आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सन्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सञ्चालनकालागि बजेटको व्यवस्था गरेको बताए ।

‘कार्यक्रमले श्रमप्रति सम्मान गर्छ, गरिबी, अभाव र बेरोजगारीको अन्त्य गर्छ,’ उनले भने । कार्यक्रममा बोल्दै सांसद महेश बस्नेत, प्रदेश सांसद रजनी जोन्छे, मध्यपुरका नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका बासुदेव थापालगायतले यो कार्यक्रमबाट जिल्लामा रोजगारीको ढोका खुलेको बताए ।

कार्यक्रमबाट भक्तुपुरका करिब ७ सय बेरोजगार युवालाई रोजगारी पाएका छन् । करिब १ हजार ५ सय युवाहरुले भने बेरोजारको सूचिमा नाम दर्ता गराएका थिए । सो अवसरमा ओलीले सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गर्दै कार्यक्रमसँग आवद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गरेका छन् । भक्तपुरका चार वटै नगरपालिकाको सहभागिता हुने भनिए पनि भक्तपुर नगरपालिकाले यो कार्यक्रममा सहभागिता जनाएन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय