spot_img

सिरहामा नियम मिचेर चलेका सात वटा अस्पताल बन्द गर्न निर्देशन

spot_img
spot_img

सिरहा, २५ जेठ । सिरहामा अबैध किलनिकहरूको बिगबिगी ह्वात्तै बढेको छ । प्रकृया मिचेर सञ्चालन भइरहेका निजी स्वास्थ्य संस्थाहरूलाई सात दिनभित्र बन्द गर्न जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ ।

जनस्वास्थले नवीकरणको लागि पटक–पटक अनुरोध गर्दा पनि बलमिचाई गरेर र जोर जबरजस्ती गरेर अस्पताल र किलनिक सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न जिल्ला जनस्वास्थ कार्यालय सिरहाले निर्देशन दिएको हो ।

संस्था नवीकरण नगरी सञ्चालन गर्नेमा सगरमाथा मोडेल हस्पिटल प्रालि, धमिनी हस्पिटल प्रालि, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि सहितका छन ।

लाइफ केयर हस्पिटल प्रालि, डिफाईन हस्पिटल केयर प्रालि, फेण्डस हस्पिटल, कामना नर्सिङ होम, आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रालि र सहलेश पोली क्लिनिकले नवीकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय