spot_img

नेपाली चेली अस्मिता गुरुङ अमेरिकी सेनाको उच्च ओहदमा

spot_img
spot_img

काठमाडौं । वीर गोर्खालीका सन्तानका रुपमा विश्वमा चिनिएका नेपालीले सोही छापलाई अझै प्रगाढ बनाउँदै लगेका छन् । अहिले पनि नेपालीहरु भारत, बेलायत, अमेरिकालगायतका सम्पन्न राष्ट्रको सुरक्षार्थ तैनाथ हुने गरेका छन् ।

पछिल्लो समय नेपाली जवानहरु उच्च ओ‌हदामा पनि पुग्ने गरेका छन् । यसैको एक उदाहरण हुन नेपाली चेली अस्मिता गुरुङ । उनी अमेरिकी सैनिकको उच्च ओहदामा पुगेकी छन् । स्याङ्जाकी अस्मिता अहिले अमेरिकाको अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छन् ।

स्याङ्जा जिल्लाको फेदीखोला ४ टोर्केमा जन्मेकी उनले आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेकी थिइन । अस्मिताले पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली पास गरेकी थिइन भने सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेकी थिइन। कक्षा १२ को अध्ययन सकेर उनि अमेरिका गएकी थिइन् ।

अमेरिकामा रहँदा उनले टेक्सासमा ब्याचलर अफ साइन्स ९नर्सिङ०मा स्नातक गरिन । त्यसपछि उनी विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्ट बनिन । उनले ९ मे २०१९ मा सपथ पनि लिइसकेकी छन् । उनका बुबा आइसबहादुर भारतीय सेनाबाट अबकास भएका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय