spot_img

नेपाल शिक्षक महासंघ ठोरी गाउँपालिकामा निर्वाचित पदाधकारीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण

spot_img
spot_img

नेपाल शिक्षक महासंघ ठोरी गाउँपालिकामा निर्वाचित पदाधकारीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।आज ठोरी ३ मा रहेको नेरा मावि ओडारमा सम्पन्न एक कार्यक्रमकाबीच शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत बहादुर श्रेष्ठले महासंघमा निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियतांको सपथ गराएका थिए ।Image may contain: 2 people, people sitting

गत बर्षको पुष १४ गते भएको महासंघ निर्वाचनमा चुनिएका पदाधिकारीहरुले आज मात्र सपथ ग्रहण गरेका हुन।कार्यक्रममा ११ सदस्यीय ठोरी गाउँपालिका स्तरीय महासंघका उपाध्यक्ष गोपिलाल श्रेष्ठ ,सचिब दिपेन्द्र सापकोटा ,सहसचिव विदुर सापकोटाले सपथ ग्रहण गरेका छन् ।त्यसैगरी राजेन्द्र कार्की ,फुर्वा लामा,आशाकाजी गोले,सुनिता बुढाथोकी , शोभा तामाङ ,ढलक बहादुर श्रेष्ठ र टीका बहादुर खड्काले महासंघ ठोरीको सदस्य पदको पद तथा गोपनियताको सपथ लिएका छन् ।अध्यक्ष श्रेष्ठले भने यसअघि नै बिरगंजमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

सपथ ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष ठाकुर प्रसाद न्यौपानेले शिक्षाको विकास नहुन्जेलसम्म समृद्ध र नमूना ठोरी बन्न नसक्ने जिकिर गरे ।बालबालिकाका लागी शिक्षामा गरेको लगानी लामो समयसम्म रहने बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले ठोरीले स्पष्ट र नमुना शिक्षाको योजना ल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।उनले शिक्षक महासंघ सवै शिक्षकको साझा पेसागत संस्था बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै उनले शिक्षकको पक्षमा काम गर्न आफू तत्पर रहेको सुनाए ।Image may contain: one or more people and people standing

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले गाउँपालिकाले गाउँपालिका कार्यालयमा परेको मुद्दाका कारण शिक्षा क्षेत्रमा पनि समस्या देखिएको बताए ।स्थानीय सरकारका प्रतिनिधि भएका नाताले शिक्षकका क्षमता अभिवृद्धिका लागी पनि विभिन्न कार्यक्रमहरुका लागी पनि बजेट तर्जुमा गर्न लागिएको कार्यक्रमका विशिस्ट अतिथि समेत रहेका उनले जानकारी दिए ।ठोरीको शिक्षा विकासमा सबैभन्दा जिम्मेवार तत्व नै शिक्षक भएकाले शिक्षकको हकहितमा सधैं ठोरी गाउँपालिका रहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दै उनले निर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।सोही कार्यक्रममा मन्तव्य राख्दै ठोरी ४ का वडाध्यक्ष बई बहादुर पाख्रीनले ठोरीमा नदी नियन्त्रणमा नै धेरैजसो बजेट बिनियोजन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले शिक्षामा कम बजेट विनियोजन गर्नुपरेको बताए ।उनले शिक्षासंगै बालबालिकामा नैतिक आदर्श सिकाउन जरुरी रहेको विचार व्यक्त गरे।
कार्यक्रममा शिक्षक महासंघ पर्साका सहसचिबहरु राम बालक यादव र पिता चन्द्र ढुङ्गेल,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधि केशव प्रसाद रेग्मी ,संगठनका पर्सा उपाध्यक्ष केशव प्रसाद शर्मा ,ठोरी अध्यक्ष कृष्ण प्रसाद पौडेल ,संघका ठोरी अध्यक्ष चिरञ्जीवी सापकोटा ,जीराभवानी गाउँपालिकाका महासंघ अध्यक्ष कृपासिन्धु पटवारी नेरा आवि ब्रम्हपुरीका प्रधानाध्यापक सुर्य बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए।

महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेरा मावि ओडारका प्रधानाध्यापक भुपाल कुमार जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा बोर्ड सदस्य बृतमाया विक ,ठोरीका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु,शिक्षक लगायतको पनि उपस्थिति थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय