बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...
19.1 C
Kathmandu
33.8 C
Birgunj

कुष्ठरोग निवारणका लागी ठोरीमा ५ दिने अभियान सन्चालन हुने “

सिफारिस

जेठ २५, पर्साको ठोरी गाउँपालिकामा यही जेठ २९ देखि असार १ गतेसम्म कुष्ठ रोग निवारणका लागी रोगीको पहिचान अभियान थालिने भएको छ।गाउँपालिका कार्यालय घ्याङडाडामा आज आयोजित कुष्ठ रोग निवारण अभियानमा सन्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा सहभागी सन्चारकर्मीहरुलाई अभियानको बारेमा जानकारी गराइएको हो। सन् २०२० सम्म नेपालबाटै कुष्ठरोग निवारण गर्न नेपाल सरकार लागिपरेकाले ठोरीमा समेत पुर्ण रुपमा सो रोग निवारणका लागी अभियान सन्चालन हुने ५ दिनसम्म घरमा नै बसेर खोजी टोलिलाई सहयोग गरिदिन कार्यक्रमका सभापति एवम् ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले सबै गाउँपालिकाबासीसंग अनुरोध गरे।कुष्ठ रोगीको पहिचानका लागी गाउँपालिकाभरी ७६ जनाको ३८ ओटा समूह परिचालन गरिने जानकारी दिदै गाउँपालिकाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले टोलिले गाउँपालिकाको प्रत्येक घरदैलोमा पुगी छाला र स्नायुको माध्यमबाट कुष्ठरोगीको पहिचान गर्ने बताए ।खोजीटोलिलाई यसअघि नै प्रत्येक वडामा कुष्ठ रोग पहिचान गर्ने तरिका र लक्षणका बारेमा अभिमुखिकरण गरिसकिएको समेत उनले जानकारी दिए।खोजी टोलिले सम्भावित कुष्ठरोगीको पहिचान गरि उपचारका लागी स्वास्थ्य सँस्था लैजान सल्लाह दिने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।टोलिले निरीक्षण गरेको प्रत्येक घरमा संकेत समेत जनाउनुपर्ने भएकाले खोजीटोलिका कामका बिषयमा सरोकारवालाले अनुगमन समेत गर्ने संयोजक थिङको भनाई थियो। गापा अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकारहरु ओमप्रकाश चौधरी ,कृष्णमोहन साह,लाल बाबु बानियाँ लगायत गापाका सहजकर्ता सन्तोष ढुङ्गेल,युवा नेता निमा लामा ,नातीकाजी सुनारको सहभागीता थियो।

- Advertisement -

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार