spot_img

विश्वकप क्रिकेट: आज अष्ट्रेलिया र भारत भिड्दै, खेलमा प्रभाव पार्न सक्ने खेलाडी

spot_img
spot_img

काठमाडौं ,२६ जेठ — विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र भारत भिड्दै छ।

नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।

यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ । किनभने दुवै टिम विश्वकपको उपाधि दाबेदार हुन् । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो जित हात पार्ने दाउँमा छ ।

अष्ट्रेलियाले आफ्नो पहिलो हाफमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको अष्ट्रेलिया उच्च मनोबलमा छ । यता, भारतले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

दवै टिमको ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो छ । आफ्नो दोस्रो खेलमा अष्ट्रेलियाका शीर्ष स्थानका ब्याट्सम्यान भने चल्न सकेका थिएनन् । डेभिड वार्नर, कप्तान एरोन फिन्च, उश्मन खवाजा, ग्लेन म्याक्श्वेल, मार्कुस स्टोइनिस सस्तैमा समेटिएका थिए । त्यसकारण भारतमाथि जित हात पार्नका लागि आज यी खेलाडी चल्नै पर्ने हुन्छ ।

यता, भारतका रोहित शर्माकै उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकामाथि जित हात पारेको थियो ।

रोहित शर्मा (भारत)

विश्वकपमा भारत सशक्त टोली हो । एक सय एक स्टार खेलाडीको साथ पाएको भारतको ब्याटिङ उत्कृष्ट छ । भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान हुन्, रोहित शर्मा । भारतले यस विश्वकपमा प्रारम्भिक ब्याट्सम्यान रोहितबाट ठूलो आशा गरेको छ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलमा पनि रोहितले उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरिसकेका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलमा रोहितले शतकीय पालि खेलेका थिए ।

उनले एक सय ४४ बलमा दुई छक्का र १३ चौकाको मद्दतमा एक सय २२ रन बनाएका थिए । ३२ वर्षीय रोहितको ब्याटिङ क्षमता बेजोडको छ । उनी स्पिनर र फास्ट दुवै बलरका लागि टाउको दुखाइ बन्ने गर्छन् । उनले एकदिवसीयमा दुई सय सात खेल खेल्दै आठ हजार एक सय ३२ रन बनाएका छन् ।

उनको औसत रन ४८.११ हो । एकदिवसीय क्रिकेटमा उनको सर्वाधिक रन दुई सय २४ हो । एकदिवसीयको बलिङमा उनले दुई सय सात खेल खेल्दै आठ विकेट लिएका छन् । बलियो अस्ट्रेलियासँगको खेलमा पनि रोहित चम्कने विश्वास भारतको छ ।

मिचेल स्टार्क (अस्ट्रेलिया)

अस्ट्रेलियाली टोलीका प्रभावशाली बलर हुन्, मिचेल स्टाक । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई थुप्रै महŒवपूर्ण सफलता दिलाएका छन् । उनी टोलीका अहिले पिलर नै हुन् । जारी विश्वकपमा राम्रो लयमा देखिएका मिचेलले वेस्ट इन्डिजविरुद्धको खेलमा एक्लै पाँच विकेट लिएर सनसनी मच्चाएका थिए । वेस्ट इन्डिजलाई हराउन मिचेलले ४६ रन खर्चिएर पाँच विकेट लिएका थिए ।

लेफ्ट आर्म फास्टबलर मिचेलको बलिङले धेरै बलिया ब्याट्सम्यानलाई अत्याउने गर्छ । १.९७ मिटर उचाइका मिचेलले देशका लागि खेलेको ७७ एकदिवसीय खेलमा एक सय ५१ विकेट लिइसकेका छन् । उनले उक्त विकेट लिने क्रममा तीन हजार आठ सय ६३ बलमा तीन हजार एक सय ८६ रन खर्चिएका छन् । २९ वर्षीय मिचेलको किफायती बलिङ क्षमता बेजोडको छ ।

उनले एकै खेलमा २८ रन खर्चिएर ६ विकेट लिएका छन् । ब्याटिङमा भने उनले एकदिवसीयमा ७७ खेल खेल्दै दुई सय ८८ रन बनाएका छन् । उनीबाट भारतविरुद्घको खेलमा पनि उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय