spot_img

सरुवा गरिएको स्थानमा जान अटेरी गर्ने प्रमुख प्रशासकीय अधिकृत निलम्बित

spot_img
spot_img

काठमाडाैँ, २६ जेठ । राैतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की निलम्बनमा परेका छन् । सरुवा गरिएको स्थानमा जान अटेरी गर्ने प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निलम्बन गरेको हो ।

जेठ १ गते शैल्य शिखर नगरपालिका, दार्चुला सरुवा भएका कार्कीले त्यसको अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्कीको सरुवा गर्दै सरोज कुमार लाल दासलाई जेठ १७ गते गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकेर जेठ १७ गते पठाएको थियो । तर, कार्कीले मन्त्रालयको निर्णयविपरीत आफूखुशी पवन महतोलाई निमितको जिम्मेवारी तोकेका थिए ।

मन्त्रालयले पछिल्लोपटक खटाएको कार्यालयमा तीन दिनभित्र हाजिर हुन लिखित तथा मौखिक निर्देशन दिँदासमेत कार्कीले अटेरी गरेपछि निजामति सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिम दुई महिनाका लागि कार्कीलाई निलम्बन गरिएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।

सरुवा भएको कर्मचारी गैरकानूनी रुपमा नगरपालिकामा कामकाज गर्न आएको भन्दै गौरका स्थानीय युवाहरूले शुक्रबार नगरपालिका अगाडि प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो ।

पत्रमा भनिएको छ, ‘तपाईलाई मिति ०७६–२–१ मा शेल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नगएको, यस मन्त्रालयबाट तीन दिनभित्र खटाइएको कार्याालयमा हाजिर हुन लिखित रुपमा पत्रचार तथा मौखिक निर्देशन समेत भएकोमा सो को अवज्ञा गरी निजामती सेवा नियमावली २०५० को नियम १२४ बमोजिम २१ दिनको म्याद भित्र बरबुझारथ गरी खटाइएको कार्यालयमा बहाल गर्नु नभई तहाँ ररिरहेको तथा तपाई उपर यस मन्त्रालयमा विभिन्न उजुरी प्राप्त भई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को (घ) र(च) को अवस्था विद्यमान भई उक्त ऐनको दफा ६४ (१ को(क)र(ख) बमोजिम निलम्बन गर्ने अवस्था भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिमम सो अभियोगको जाँचबुझ गर्ने प्रयोजनको लागि ऐनको दफा ६४(३)बमोजिम २ महिनाको लागि तपाईलाई निलम्बन गरिएको छ ।’

spot_img

ताजा अपडेट

लोकप्रिय