वीरगन्ज,२६ जेठ — बीरगंज महानगरपालिका भित्र सार्बजनिक जग्गाको तथ्यांक यकिन रुपमा नभएको बुझिएको छ । देशैभरी सार्बजनिक जग्गा र सम्पतिको खोज अनुसन्धान भइरहेको बेलामा बीरगंज महानगरपालिका सँग सार्बजनिक जग्गाको यकित तथ्यांक नरहेको पाइएको छ ।
बेलाबेलामा बीरगंज महानगरपालिकाका नगरपप्रमुख बिजय कुमार सरावगिले बीरगंज महानगरभित्र ५ सय बिगाहा भन्दा बढी सार्बजनिक जग्गा रहेको तथा ३ सय बिगाहा भन्दा बढी जग्गा अतिक्रमणमा परेको बताएपनि यो तथ्यांक अडकलबाजी मात्र रहेको बीरगंज महानगरपालिकाका कर्मचारीहरुको भनाइ छ । कति जग्गा रहेको थाहा नै नभएपछि अतिक्रमीत कति हो भन्ने पनि अवस्था नरहेको बीरगंज महानगरका कर्मचारीहरुको तर्क छ ।
बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले सार्बजनिक जग्गा कति हो आफुलाई थाहा नभएको भन्दै यसबारे जनप्रतिनिधिलाइ बढी जानकारी हुने बताउनुभयो । बीरगंज महानगरपालिकाले १ हप्ता पहिला निरन्जन सर्राफको संयोजकत्वमा ५ सदस्यीय सार्बजनिक जग्गा छानबिन समिति गठन गरेकोमा समितिले हालसम्म खासै काम अगाडी बढाएको छैन ।
संयोजक निरन्जन सर्राफका अनुसार बीरगंज महानगरपालिकाका ३२ वटै वडामा रहेका सबै सार्बजनिक जग्गाहरुको नक्सा रहेकोमा त्यसलाई निकाल्ने र जनप्रतिनिधिहरुसँग आ आफ्नो वडामा रहेका सार्बजनिक सम्पति तथा जग्गाहरुको पहिचान गरी जानकारी लिने काम भइरहेको छ । १ देखि ३२ वडा सम्म सबै सार्बजनिक जग्गाहरुको तथ्यांक संकलन गर्न समय लाग्ने सर्राफको भनाइ छ । यता बुद्धिजिविहरुले बीरगंज महानगरपालिकाले सार्बजनिक जग्गाको खोजि अनुसन्धान गर्नमा बिगतमा तथा अहिले पनि ध्यान नदिएको टिप्पणी गरेका छन् ।
यता बीरगंज महानगरपालिकाका नगरप्रमुख सरावगीले भुमाफियाहरुले बिगाहा को बिगाहा सार्बजनिक जग्गा तथा अर्बाैको सम्पतिहरु अतिक्रमण गरेको आरोप लगाउनुभएको छ । अतिक्रमित जग्गाहरुलाई आफ्नै कार्यकालमा फिर्ता दिलाउने मेयर सरावगिको दाबी छ ।
बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, सुचना अधिकारी अशोक प्रधान, प्रमुख प्रशासकिय अधिकृतका पिए राजेश गिरी लगायतलाई बीरगंज महानगरपालिकाको सार्बजनिक जग्गा तथा सम्पतीको बिषयमा कुनै जानकारी छैन । बेलाबेलामा आदर्शनगरको चिल्ड्रेन पार्क, नगवा बाइपासमा रहेको पोखरी, ठाकुराम बहुमुखि क्याम्पसको जग्गा, सिर्सिया नदी, हजारी मल धर्मशाला, रेल्वे रोड लगायतका जग्गाहरु भुमाफियाहरुको चंगुलमा परेको आवाज उठ्ने गरेको भएपनि हाल सम्म कुनै ठोस निष्कर्ष निस्कीन सकेको छैन । बीरगंजमा थुप्रै जग्गाहरु अतिक्रमणमा परेको भनिएपनि केही सार्बजनिक भएपनि धेरै जग्गाहरु गुमनाम अवस्थामै रहेका छन् । यसको खोजबिन गर्न बीरगंज महानगरपालिका उदासिन रहदै आएको छ ।




