spot_img

सारेगमप लिटिल च्याम्प’मा प्रितम तेस्रो र आयुष चौथो

spot_img
spot_img

काठमाण्डाै २७ जेठ —  भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो भएका छन् ।

जी टीभीबाट प्रसारण हुने शोको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । यस्तै अर्का नेपाली बालक आयुष केसी चौथो भएका छन् ।

फाइनलमा पुगेका ६ मध्ये प्रितमको प्रस्तुतिलाई अडिसनदेखि नै निर्णायक मण्डल र दर्शकले निकै मन पराएका थिए ।

उनको घर सुनसरीको इटहरी हो । ६ कक्षामा पढ्ने उनले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय