spot_img

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्दशन विरुद्ध प्रदर्शन

spot_img
spot_img

काठमाडौं, २८ जेठ — संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्दशनकोविरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका छन् ।

मंगलबार बिहान काठमाडौंको मातइीघरमा जम्मा भएर युवाहरुको एक समूहले लोकसेवाको विज्ञापन रोक्ने निर्देशनको विरोध गरेका हुन् ।  प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले आफ्ना मान्छेलाई करारमा भर्ना गरी जागिर खुवाउने नियतले लोक सेवाको प्रक्रिया रोक्न खोजेको आरोप लगाएका छन् ।

उनीहरुले करार भर्ना बन्द गर । राज्य व्यवस्था समिति मुर्दावादजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा लोक सेवा परीक्षा दिनका लागि आवेदन दिएका विद्यार्थीलगायत अन्य विद्यार्थीहरु सहभागिता छ ।

 

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि यही जेठ १५ गते विज्ञापन निकालेको थियो । सोमबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कर्मचारी  भर्ना प्रक्रिया रोक्न  निर्देशन दिएको थियो ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय