ठोरी गाउँपालिकामा झण्डै ८ महिनादेखि रोकिएको सामाजिक सुरक्षा भत्ता आजदेखि बाड्न थालिएको छ । गाउँपालिकाको वडा ३ र ४ मा आजदेखि सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो।गत बर्षको मङ्सिर यताको सामाजिक सुरक्षा भत्ता वितरण नहुदा बृद्धअबश्था भएका ज्येष्ठ नागरिक,एकल महिला ,अपांग लगायत चिन्तित भएका थिए ।
गत बर्षको मङ्सिरदेखि यस बर्षको बैशाख सम्मको गरी ६ महिनाको भत्ता वितरण थालिएको ४ न वडाका वडाध्यक्ष बई बहादुर पाख्रीनले जानकारी दिए ।लामो समयदेखि रोकिएको भत्ता वितरणमा वडा सचिब समेतलाई साथमा लिएर ३ र ४ दुबै वडाका वडाध्यक्षहरु समेत भत्ता बितरणमा लागिपरेका छन् ।वडा ४ मा आज वडाध्यक्ष पाख्रीन र सामाजिक परिचालक सुमन श्रेष्ठसहितले २ सय ३ जनालाई भत्ता वितरण गरेका छन् ।बाकीको भोलि वितरण गरिने पनि सामाजिक परिचालक श्रेष्ठले बताए ।
उता ठोरी ३ का वडाध्यक्ष सुर्य बहादुर लामा र वडा सचिब धनराज बोटले पनि १सय ७४ जनालाई भत्ता वितरण गरेका छन् ।बाकीलाई भोलि वितरण गरिने वडाध्यक्ष लामाले बताए । र साथै सामाजिक सुरक्षा भत्ता बितरण गर्न ढिलो भएको भन्दै नेपाली काग्रेस ठोरी गाउपालिकाले यही २०७६ जेठ २६ गते प्रेस वक्तब्य निकालेर तत्काल बितरण गर्न दवाव दिएको थियो ।
एस्तो थियो नेपाली काङ्ग्रेस प्रेस वक्तब्य 




