spot_img

एसिया मेडिकेयर हस्पिटलमा शिलबन्दी, सर्राफ बिरुद्ध बैंकिग कसुर अन्र्तगत मुद्धा चलाइने

spot_img
spot_img

बीरगंज, २९ जेठ — बीरगंज महानगरपालिका वडा न. २ छपकैयमा रहेको एसिया मेडिकेयर हस्पिटल प्रालिका सन्चालक सुरज सर्राफलाई प्रहरीले बैंकिग कसुर अन्र्तगत मुद्धा चलाउने भएको छ ।

सन्चालाक सर्राफले हस्पिटलका कर्मचारीलाई बिदा दिएर कसैलाई जानकारी नदिइ सबै सामान का साथै बिभिन्न बैंक, सहकारी संस्था तथा कर्मचारीको तलब समेत नदिई रातारात फरार भएपछि प्रहरीले खोजि तिब्र पारेको थियो । प्रहरीले सन्चालक सर्राफलाई माइस्थानबाट यही जेठ २७ गते राति पक्राउ गरेको थियो ।

पक्राउ परेका सर्राफमाथि आवश्यक अनुसन्धान भइरहेको र हालसम्म ५ करोडको चेक बाउन्स गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिँह राठौरले जानकारी दिनुभयो । साथै निजमाथि बैकिंग कसुर अन्र्तगत मुद्धा चलाईने प्रहरी उपरिक्षक राठौले बताउनुभयो ।

यसअघि जेठ २६ गते जिल्ला प्रशासन कार्यालय पर्साले निज सर्राफ सन्चालक रहेको एसिया मेडिकेयर हस्पिटलमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, जनप्रतिनिधि तथा सन्चारकर्मीको नेतृत्वमा गएको टोलिले सो अस्पतालमा शिलबन्दी गरेको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय