spot_img

बेलायतमा प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण

spot_img
spot_img

लण्डन । युरोपेली मुलुकसहित बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती गोर्खा सैनिकबाट सम्मानगारत प्रदान गरिएको छ ।

संयुक्त राज्य बेलायको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीस्थित गोर्खा बिग्रेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

बेलयाती गोर्खा सैनिकहरुले नेपालको राष्ट्रिय गानको धुन बजाएर प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको स्वागतमा ‘यो नेपाली शीर उचाली…’ बोलको गीतको संगीतमा सैनिकहरुले परेड प्रदर्शन गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री ओलीले बेलायती समकक्षी टेरेजा मेसँग भेटवार्ता गरेका थिए । बेलायती प्रधानमन्त्रीसँगको छलफलका क्रममा बेलायती गोर्खा सैनिक भर्नासँग सम्बन्धित सन्धिको पुनरावलोकन, भूतपूर्व बेलायती गोर्खा सैनिकको समस्या लगायत विषयमा

कुराकानी भएको जनाइएको छ ।

Prime Minister of Nepal visits the Brigade of Gurkhas

On 11th June 2019 KP Sharma Oli, Prime Minister of Nepal, paid a visit to the Headquarters Brigade of Gurkhas at the Royal Military Academy Sandhurst in Camberley. #Gurkhas

Posted by The Gurkha Brigade Association on Tuesday, June 11, 2019

spot_img

ताजा अपडेट

लोकप्रिय