spot_img

विप्लवको पार्टीद्वारा वडा कार्यालयको सामग्री जलाइयो

spot_img
spot_img

जाजरकोट —जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयका कागजात, फर्निचर तथा प्राविधिक सामाग्री जलाएर नष्ट गरेको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ।

नेपाल कम्युनिस्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले आगजनीको जिम्मेवारी लिएका हुन्। उनले पार्टीकै निर्देशनमा स्थानीय जनताले जलाएको प्रतिक्रिया दिए।

मंगलबार राति विप्लवको पार्टीको एक समूहले कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए। कार्यालयमा रहेका  सहयोगीलाई  नियन्त्रणमा लिएर कार्यालयका कागजात, क्यामेरा, कम्प्युटर, सोफा, टेवल,  मोबाइल, दराज र कुर्सीमा आगजनी गरेका थिए।

‘पार्टीको केन्द्रीय नीति अनुसार नै भष्ट, दलाल, नैतिक पतन भएका र विकास निर्माणमा कमिशन माग्ने कथित जनप्रतिनिधि भएका ठाउँमा यसरी नै स्थानीय जनतालाई प्रतिरोधमा उत्रार्ने र पार्टीले जिम्मेवारी लिने प्रक्रिया जारी छ’, नेकपाका जिल्ला इन्चार्ज धमिलले भने।

वडा नम्बर १० का वडाध्यक्ष भद्रबहादुर ध्यार पनि नैतिक पतन, भष्ट र कमिशनखोर भएकाले पहिलो चरणको कारबाही स्वरुप सामग्री जलाइएको उनले बताए।‘आफूहरुको आधार इलाकामा दलाल सरकारका प्रतिनिधीलाई अनुमति विना काम गर्न दिइन्न’, उनले भने।

चन्दा नदिएका कारण वडा कार्यालयका सामग्री जलाइएको हो ? भन्ने प्रश्नको जिज्ञासामा जिल्ला इन्चार्ज धमिलले भने, ‘हामीले कसैसँग मागेका छैनौँ। तर, स्थानीय सत्ताले कर उठाउने गर्छ। स्थानीय सत्तालाई कर नतिर्ने कथित जनप्रतिनिधि स्थानीय सत्ताको विरोधी हुन्छ। ऊ कारबाहीको भागेदार हुन्छ।’

नेकपाका कार्यकर्ताले जाजरकोटका जनप्रतिनिधि वडाध्यक्षदेखि अध्यक्ष/मेयरलाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्म तोकेरै चन्दा मागेका छन्। माटो रकम मागेपछि जनप्रतिनिधि चिन्तित बनेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय