spot_img

गर्मीका कारण सामान्य दैनिकी समेत प्रभावित,गर्मीका कारण आइतबारदेखि एक सातासम्मका लागी विद्यालय बन्द रहने “

spot_img
spot_img

एक साता भन्दा लामो समयदेखि बढेको अत्यधिक गर्मीको कारण मध्य तराईका अन्य स्थानीय तह संगै ठोरीको जनजीवन नराम्ररी प्रभावित बनेको छ।पछिल्लो तीन दिन यताको गर्मीका कारण सामान्य दैनिकी समेत प्रभावित बनेको ठोरीका सर्वसाधारण बताउँछन् ।

गर्मीका कारण बिद्यार्थी ,किसान र बृद्धअबश्था भएकाहरू धेरै प्रभावित भएको ठोरी ४ का स्थानीय कान्छा तामाङले बताए ।मकै गोडमेल गर्ने समयमा बढेको गर्मीले गर्दा खेतमा काम गर्नै नसकिने अवस्था रहेको तामाङले बताए ।बिहानदेखि नै गर्मी बढ्ने झन मध्याह्न त खपी नसक्नु हुने गरेको स्थानीय बताउँछन् ।गर्मीकै कारण स्थानीयहरु शितल छहारीको खोजीमा रुख मुनी र चौतारीमा भेला हुन बाध्य भएको ठोरी ४ कै अर्का स्थानीय जय बहादुर पाख्रीनले बताए ।स्थानीय किराना पसल सन्चालक समेत उनले गर्मीले गर्दा दिउँसो व्यापार कम हुने गरेको सुनाए ।

उता गर्मीकै कारण  पर्साका सबै सामुदायिक र सस्थागत विद्यालयहरु अत्यधिक गर्मीका कारण आइतबारदेखि एक सातासम्मका लागी विदा हुने भएका छन् ।शिक्षा विकास तथा समन्वय इकाई पर्साले जिल्लाका १४ ओटै स्थानीय तहका विद्यालयहरु एक सातासम्मका लागी बन्द गर्ने निर्णय गरेको हो। केहि दिनयता बढेको प्रचण्ड गर्मीका कारण विद्यार्थी बेहोस हुने,टाउको दुख्ने,वान्ता गर्ने लगायतका समस्याहरुबाट पीडित हुन थालेपछि जिल्ला विपत व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको निर्देशनमा असार १ देखि ६ गतेसम्म बर्षे विदाबाट कट्टा हुने गरि विदा मिलाइएको शिक्षा विकास तथा समन्वय इकाई पर्साका निमित्त प्रमुख हरि राउतले जानकारी दिए।उनले बिदा सम्बन्धमा सबै पालिकाहरुसंग समन्वय समेत गरिसकिएको जानकारी दिए ।
पर्साका सबै विद्यालयहरु असार ८ गतेबाट पुनः सुचारु हुने समेत उनले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय