बीरगंज, जेठ ३१ — जिल्ला प्रहरी कार्यालय बाराले कर्तव्य ज्यान मुद्दामा ३० वर्षयता फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । बाराको गढिमाई नगरपालिका वडा नम्बर ११ का बीरबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
२०३९ साल जेठ ८ गते हत्या गरी फरार रहेका गढिमाई ५ का सुकदेव साह सोनारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला कारागार पर्सा पठाइएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।
लुकिछिपी बसिरहेको अवस्थामा जेठ २८ गते राति चौधरीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । बारा जिल्ला अदालतको २०४५ साल असोज १७ गतेको फैसलाले चौधरीलाई जन्मकैद फैसला गरेको थियो ।




