spot_img

विज्ञापन नरोक्न लोकसेवा तयारी विद्यार्थी सङ्घर्ष समिति माग

spot_img
spot_img

काठमाडौं । लोकसेवा तयारी विद्यार्थी सङ्घर्ष समितिले लोकसेवा आयोगले हालै खुल्ला गरेको विज्ञापन प्रक्रिया अघि बढाउन माग गरेको छ । स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए लाखौँ युवा डिप्रेशनको शिकार हुने सो समितिले

जनाएको हो ।

उक्त सङ्घर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड भए सरकारविरुद्ध कडा आन्दोलन गरिने चेतावनी दिइयो ।

सङ्घर्ष समितिका संयोजक मङ्गल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगतदेखि नै हुँदै आएकाले यसपटक पनि विज्ञापन रोकिए देशभरबाटै आन्दोलन शुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन माग गरे ।

सह–संयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको सो विज्ञापनले देशमा दूरगामी असर पर्ने दाबी गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय