काठमाण्डौ, १ असार — प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
एकसाता लामो युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
गएको जेठ २५ गते युरोप भ्रमणमा जानुभएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कनुभएको हो ।
प्रधानमन्त्री स्वदेश फर्कदा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुखलगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।




