spot_img

नेपाल शान्तिपूर्ण देशको ७६ औं स्थानमा

spot_img
spot_img

१ असार — अष्ट्रेलियाको थिंक ट्यांक इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले जारी गरेको प्रतिवेदन अनुसार नेपाल शान्तिपूर्ण देशको ७६ औं स्थानमा परेको छ ।

विश्व शान्ति सूचकांक (ग्लोबल पिस इन्डेक्स) (जीपीआई) २०१९ अनुसार नेपाल१६३ देशमध्ये नेपाल ७६ स्थानमा परेको हो ।  सन् २०१८ को प्रतिवेदनमा ८४ औं स्थानमा रहेको नेपाल यो वर्ष  आठ स्थानमाथि उक्लिएको हो ।

प्रतिवेदन अनुसार, सबैभन्दा शान्तिपूर्ण देशको सूचिको पहिलो नम्बरमा आइसल्याण्ड पर्न सफल भएको छ । त्यस्तै न्यूजिल्याण्ड, अष्ट्रिया, पोर्चुगल र डेनमार्क दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

यो सूचिको अन्तिम अर्थात् १६३ औं स्थानमा दक्षिण एसियाली राष्ट्र अफगानिस्तान परेको छ । त्यस्तै सिरिया, दक्षिण सुडान, यमन र सुडान विश्वकै कम शान्तिपूर्ण देशको पुछारमा अटाएका छन् ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय