वीरगंज । अत्याधिक गर्मी बढेपछि प्रदेश नम्बर २ मा विद्यालय बन्द गर्न थालिएको छ । ४२ डिग्री सेल्सियसभन्दा बढी तापमान बढ्न थालेपछि बारा, पर्सा, धनुषा, महोत्तरी लगायतका जिल्लाका विद्यालय आइतबारबाट बन्द गरिएको हो ।
केहि दिनदेखि एकाएक गर्मी बढेपछि शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका सबै पालिकाहरुलाई विद्यालय बन्द गर्न पत्राचार नै गरेको छ ।
अत्याधिक गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् भने विद्यालय आवतजावत गर्न समेत समस्या हुँदै आएको छ । बिहान देखि नै चर्को घामको राप बेलुका सम्म बढेपछि विद्यालय बन्द गरिएको बताइएको छ ।




