बीरगंज, १ असार — नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ ।
हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको गोइतले बताए ।




