वीरगन्ज, २ असार — प्रहरी चौकी इनर्वा र लागुऔषध ब्युरो शाखा कार्यालय बीरगंजबाट खटिएको टोलिले बीरगंजको रजतजयन्ती चोकबाट ५ किलो चरेस सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
बि आर २२ एल ८२५५ नम्बरको मोटरसाइकलमा बीरगंजबाट भारततर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा पर्साको छिपहरमाइ गाउपालिका वडा न. ५ भिष्वा निवासि ३२ बर्षिय इम्तियाज आलम र बाराको सितलपुर घर भइ हाल बीरगंज महानगरपालिका वडा न. २ छप्कैया बस्ने ३२ बर्षिय मिना खातुनको लाई चरेस सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरामद चरेस र मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




