spot_img

प्रधानमन्त्रीसँग भेटेर एकनाथ ढकालले मागे राष्ट्रियसभा सदस्य

spot_img
spot_img

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व हुनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् ।

ओलीलाई भेट्न बालुवाटार पुगेका ढकालले आफूलाई संघीय संसदमा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । बालुवाटार स्रोतका अनुसार ढकालले आफूलाई राष्ट्रिय सभाको सदस्यमा भए पनि मनोनित गरिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले तत्कालीन नेकपा नेकपा एमाले र परिवार दलबीच भएको ३ बुँदे सहमति पनि स्मरण गराएका जनाइएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा तत्कालीन एमाले र परिवार दलबीच ३ बुँदे सहमति भएको ढकालको भनाइ छ । उक्त सहमतिअनुमा परिवार दलले वाम गठवन्धनलाई निर्वाचनमा सहयोग गर्ने र गठवन्धनबाट परिवार दललाई संसदमा प्रतिनिधित्व गराइने विषय उल्लेख भएको ढकालको भनाइ छ ।

ढकालको ध्यानाकर्षण पछि प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा छलफल गरेर यस विषयमा जवाफ दिने बताएका छन् ।

ढकालले भने आफूलाई संसदमा प्रतिनिधित्व गराउन नेकपाका अर्का अध्यक्ष प्रचण्डको पनि ध्यानाकर्षण गराउने जनाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय