spot_img

प्रतिपक्षी दलको विरोधका कारण बैठक बुधबार बस्ने गरी स्थगित

spot_img
spot_img

३ असार — प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्न लाग्नुभएको सम्बोधन प्रतिपक्षी दलको विरोधका कारण रोकिएको छ ।

सुरुमा प्रतिपक्षी दलका सांसदले आफ्नो भनाइ पहिला राख्नुपर्ने माग राख्दै संसद बैठकमा नाराबाजी गरेपछि प्रधानमन्त्रीको सम्बाेधन रोकिएको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न समय दिएलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु बसेको ठाउँबाट उठेर रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरिरहेका छन् ।

 

यसअघि दलका सचेतकसँग सभामुख महराले गर्नुभएको छलफलमा प्रतिपक्षी दलका सांसदलाई पहिले बोल्न समय दिनुपर्ने माग गरेका थिए । बैठक सुरु हुनुअघि पटक-पटक भएको छलफलमा पनि सहमति नहुँदा एक घण्टापछि बैठक सुरुभएको थियो ।

५ मिनेटसम्म पनि प्रतिपक्षी दलका सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख महराले बैठक स्थगित भएको निर्णय सुनाउनुभयो । अब अर्को बैठक बुधबार बस्ने गरी स्थगित भएको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय