spot_img

छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा आगजनी, सबै सामान जलेर नष्ट

spot_img
spot_img

सल्यान, असार ३ – अज्ञात समूहले सल्यानकाे एक वडा कार्यालयमा आगजनी गरेको छ। छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा साेमबार राति आगजनी भएको हो ।

आगजनीबाट छत्रेश्वरी गाउँपालिका –३ मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन्।

अज्ञात समूहले लगाएको आगोबाट कार्यालयमा रहेका सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपि मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट लगायत त्यहाँ रहेका सम्पुर्ण सामना जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय