spot_img

ह्याकरको धम्कीपछि यी अभिनेत्रीले शेयर गरिन् आफ्नै ‘न्युड’ तस्वीर

spot_img
spot_img

अमेरिका । हलिउड अभिनेत्री बेला थर्नले युट्युबमा आफ्नो न्यूड फोटो शेयर गरेपछि हंगामा मच्चिएको छ । अचम्मको कुरा के छ भने बेलाले तस्वीर शेयर गरेपछि उनको खुबै तारिफ गरिएको छ ।

खासमा के भएको थियो भने ह्याकरले बेलाको एकाउन्ट ह्याक गरेर न्युड (नाङ्गो) तस्वीर शेयर गरिदिने धम्की दिएको थियो । ह्याकरले न्युड तस्वीर र भिडियो लिक गरिदिने भन्दै बारम्बार धम्क्याएको थियो । त्यसपछि बेलाले स्वयम् आफैले न्युड तस्वीर शेयर गरेकी थिइन् ।

‘ह्याकरको उद्देश्यलाई फेल गराउन मैले आफै न्युड फोटो शेयर गरेँ,’ बेलाले भनेकी छिन् ।
https://www.khabarhub.com/wp-content/uploads/2019/06/64319336_403454990380416_1213133338324238336_n.jpg

बेलाले यो ट्वीट १५ जुनमा शेयर गरेकी थिइन् । उनले ३ स्किृनशट शेयर गरेकी थिइन्, जसमा अनुहार खासै देखिएको थिएन ।

बेलाको यो कदमको सामाजिक सञ्जालमा तारिफ गरिएको छ । कतिले उनलाई ब्ल्याकमेल गर्नेका लागि गतिलो जवाफ भएको प्रतिक्रिया दिएका छन् । यो ट्वीट अहिलेसम्म ३२ हजारभन्दा बढी रिट्वीट भएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय