बीरगंज, ३ असार — चण्डिका प्रसाद गण वीरगंजको आयोजनामा विपद् व्यवस्थापन सम्बन्धि ४ दिने तालीम आज देखी वीरगंजमा सुरु भएको छ । चण्डिका प्रसाद गणका गणपति श्रीजन बहादुर मल्लको सभापतित्वमा भएकोे तालिमको उद्घाटन वीरगज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगीले गर्नुभएको थियो ।
खासगरी बिपद् हुनु अगावै गर्नु पर्ने तयारी र बिपद्को बेलामा गर्नुपर्ने काम कारवाहिको बारेमा सम्बन्धित निकायसंग कसरी समन्वय गर्ने र व्यवस्थापन गर्ने बारेमा तालिम केन्द्रित रहेको छ ।
विपद् व्यवस्थापन ईकाइ राधापानि धनुषाको टिमले विपद्मा काम लाग्ने उपकरण तथा औजारहरुको समेत प्रदर्शन समेत गरेका थिए । तालिमको उद्घाटन शत्रमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, नेपाल रेडक्र सोसाईटि प्रदेश नं. २ का सभापति फुल महम्मद मिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिहं राठौर लगायतको सहभागीता रहेको थियो ।




