बीरगंज, ४ असार — ६७ औ स्काउट स्थापना दिवस तथा तत्कालिन जिल्ला अयुक्त जयप्रकाश चर्तुबेदीको स्मृतीमा नेपाल स्काउट पर्साको आयोजनामा आज बिद्यालयस्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको छ ।निमित्त जिल्ला आयुक्त दिब्यलक्ष्मी शाक्यको सभापतित्वमा भएको कार्यक्रममा ८ वटा बिद्यालयका बिद्यार्थिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा स्काउट पर्साका सचिब भुपनारायण पटेल, मुनलाइट स्कुलका सन्चालक श्याम केसि लगाएत स्काउटका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कबिता प्रतियोगितामा बिजयी भएकाहरुलाई भोलि एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिने दिब्यप्रकाश चर्तुबेदीले जानकारी दिनुभयो ।




