spot_img

बिन्दबासिनि गाउँपालिकाको आयोजनामा क्षमता अभिबृद्धी सम्बन्धि आधारभुत पत्रकारीता तालिम शुरु

spot_img
spot_img

बीरगंज, ४ असार – पर्साको बिन्दबासिनि गाउँपालिकाको आयोजनामा आजदेखि ५ दिने क्षमता अभिबृद्धी सम्बन्धि आधारभुत पत्रकारीता तालिम शुरु भएको छ ।
गाउँपालिकाका प्रेस सल्लाहाकार सन्जिब मिश्राको सभापतित्वमा भएको उद्घाटन शत्रमा गाउपालिकाकी उपप्रमुख किरणदेबी गुप्ता, पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, संघिय प्रेस फोरम प्रदेश न. २ का उपाध्यक्ष बिजय कुशवाह, प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, पत्रकार महासंघ प्रदेश न. २ का सदस्य जगत राई लगायतको सहभागिता रहेको कार्यक्रम सन्चालक मुकलेश गद्दीले जानकारी दिनुभयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै गाउपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले जनप्रतिनिधीहरुको गल्तीलाई सच्चयाउने जिम्मेवारी पत्रकारको भएकोले निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नु भयो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले रेडियो सँग सम्बन्धीत पत्रकारलाई रेडियोको तालिम, टेलिभिजनको पत्रकारलाई टेलिभिजनको तालिम र पत्रिकामा लेख्ने पत्रकारलाई पत्रिकामा लेख्ने तालिमको आवश्यक्ता रहेकोले गाउपालिकाहरुले बिभिन्न किसिम्मका तालिमको आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकारको बारेमा सोच्ने र पत्रकारीता सम्बन्धि तालिम दिने बिन्दासिनी गाउपालिका पर्सा जिल्लाका १४ वटा स्थानिय तहकै पहिलो भएको बताउँदै पत्रकारहरुले बिन्दवासिनी गाउपालिकालाई पुर्ण रुपमा सहयोग गर्ने दृढता ब्यक्त गर्नुभयो ।

तालिममा पर्सेलि सन्चारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय