४ असार – प्रदेश २ सरकारले प्रस्तुत गरेको बजेटप्रति सत्तारुढ सांसदहरुले नै आपत्ति जनाएका छन् । उनीहरुले पहिलाको बजेट मन्त्रीमुखी रहेको र अहिलेको बजेट मुख्यमन्त्री भएको टिप्पणी गरे ।
बजेटबारेको छलफलमा भाग लिँदै राष्ट्रय जनता पार्टी का सांसद विदेश्वर यादव ‘विक्की’ ले यो बजेटले प्रदेश समृद्व हुन नसक्ने बताए । बजेटमा विभिन्न शीर्षकमा सम्भाव्यता अध्ययन गर्ने भनिएको बताउँदै चुरे संरक्षणको लागि मात्रै ५ करोड रुपैयाँ विनियोजन गरिएको भन्दै उनले आफू प्रदेशसभा अन्तर्गत प्राकृतिक श्रोत तथा वातावरण समितिका सदस्य पनि भएको र चुरे क्षेत्र बर्बादको संघारमा पुगेकाले यो बजेटले चुरे क्षेत्र राम्रो बन्न नसक्ने बताए ।
कांग्रेसका सांसद नरेश यादवले यो बजेट कार्यैकर्ता पाल्नका निम्ति ल्याइएको आरोप लगाए । चालू आर्थिक बर्षमा बण्डा रकम राखेको भन्दै अहिले त्यहीं रकममा ब्रम्हलुट मच्चाउन कार्यालयहरुमा सत्ता पक्षका नेता कार्यकर्ताको भीड देखिने बताए ।
नेकपाका सांसद रामचन्द्र मण्डलले २७ शीर्षकमा बजेट उल्लेख नगरिएको भन्दै आपत्ति जनाए । उनले शीर्षक राखे पनि बजेट नराखेको भन्दै यसलाई भ्रष्टाचार गर्ने नियत भएको बताए ।
कांग्रेसका सांसद शिवचन्द्र चौधरीले चुरे संरक्षणका लागि ५ करोड रुपैयाँ मात्रै तर मुख्यमन्त्री स्वच्छता अभियानका लागि ३१ करोड ३५ लाख रुपैयाँ राखिएकोप्रति आपत्ति जनाए ।




