spot_img

काठमाडौंबाट बझाङ तर्फ गइरहेको यात्रुबस दुर्घटना हुँदा ७ जनाको अवस्था गम्भीर

spot_img
spot_img

बर्दिया । काठमाडौंबाट बझाङ तर्फ गइरहेको यात्रुबस बर्दियामा दुर्घटनामा परेको छ ।

पूर्वपश्चिम राजमार्गको बारबर्दिया नगरपालिकामा ना ६ ख १३३९ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मदन जीत महराका अनुसार बस बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

बसमा सवारमध्ये १२ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय