spot_img

साविक ठोरीमा निर्माणाधीन हुलाकी सडकका विषयमा स्थानीयहरु नै दुई खेमामा विभाजित

spot_img
spot_img

अषाढ ८
हुलाकी सडक सरोकार समिति अध्यक्ष भैरवबहादुर बस्नेत नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई ज्ञापनपत्र बुझाएर हुलाकी सडकको मार्ग परिवर्तन नगर्न तथा सडक निर्माणको काम अविलम्ब सम्पन्न गर्न माग गरेका छन् । भगवानगरका २५२ जनाको टोलीले करिब १ महिनाअघि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिई हुलाकी सडकको मार्ग परिवर्तनको माग गरेका थिए ।
भगवानगरबासीको माग नाजायज रहेको भन्दै वडा १ र २ का बासिन्दाले साविककै डीपीआर र योजनाअनुसार सडक निर्माण गर्नुपर्ने माग गरेको हो । काग्रेसका स्थानीय युवा अर्जुन बस्नेतले साविककै डिपिआर अनुशार साविक ठोरीमा हुलाकी राजमार्ग बनाए मात्र ठोरीको समृद्वि आउने दावी गरेको छ, अन्याथा हात्ती आयो हात्ती आयो फुस जस्तो हुने उनको भनाई छ ।

त्यस्तै अर्का स्थानीय शिक्षक चिरञ्जीवी सापकोटाले साविककै डीपीआरअनुसार हुलाकी मार्ग निर्माण भए त्यसबाट ठोरीबासीको दुःखका रूपमा चिनिएको ठुटे खोलाको नियन्त्रण हुने र लामो समयदेखि भोग्दै आएको वन्यजन्तुको दुःख पनि समाप्त हुने बताए । भगवानगरका केही बासिन्दाले आफ्नो जग्गाको मूल्यांकन बढाउने निहित स्वार्थले बाटो परिवर्तन गर्न दबाब दिइरहेको उनले बताए ।
यस सम्वन्धमा प्रजिक भट्टराईले स्थानीयले हालकै डिजाइनअनुसार मार्ग निर्माणको माग गरेको र काम पनि त्यसरी नै भएको हुदा यस सम्वन्धमा केही भनि रहनु नपर्ने प्रजिअ भट्टराईको भनाई छ । यसरी बाटो निर्मान जस्तो शुभ कार्यमा स्थानीहरु दुई कित्तामा बिभाजन हुनु शुभ नभएको स्थानीयको गुणासो छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय