spot_img

पर्सा प्रहरीद्वारा प्रहरीलाई नै हातपात गर्ने ७ जना भारतीय  पक्राउ

spot_img
spot_img

बीरगंज, ९ असार — पर्सा प्रहरीले प्रहरीलाई नै हातपात गर्ने ७ जना भारतीयलाई  पक्राउ गरेको छ । प्रहरीले मदिरा सेवन गरि प्रहरीलाई हातापात गर्ने भारत बिहारको मैनाटाड थाना वडा नम्बर १ बस्ने सनि कुमार पटेल, सत्यम साह, धनन्जय कानु, बिरिन्ची सिंह, अलोक सिंह, सन्दिप कुमार पटेल र सन्जित कुमार पटेललाई पक्राउ गरेको हो ।

सातैजनाले मदिरा सेवन गरि पर्साको जिरा भवानी गाउँपालिकाको महादेवपटीमा रहेको प्रहरी चौकीका प्रहरीमाथि हातपात गरेको महादेवपटी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पवन झाले बताए ।

भारत बिहारबाट नेपालमा मदिरा सेवन गर्न आएका भारतीय युवकहरुले आइतबार साँझ ठोरी गाउँपालिकाको सुवर्णपुरमा अत्यधिक मदिरा सेवन गरि घर फर्किने   क्रममा प्रहरी सहायक निरीक्षक पवन झा नेतृत्वको प्रहरी टोलीले उनीहरु चढेको मोटराइकल रोकी चेकजाँच गर्दा भारतीय युवकहरुले प्रहरीमाथि नै हमला गरको झाले बताए ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय