spot_img

विप्लवको बन्द : काठमाडौँमा आंशिक प्रभाव, विभिन्न ठाँउमा बम र संकास्पद वस्तु फेला

spot_img
spot_img

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपला बन्दको प्रभाव सामान्यमात्र देखिएको छ ।

राजधानीका सडकमा निर्वाध रुपमा सवारी सञ्चालनमा आएका छन् भने सरकारले सुरक्षा सर्तकर्ता बढाएर चोकचोकमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

नियमित भन्दा केही कम सवारी चल्दा यात्रुलाई भने केही समस्या परेको छ ।

बिहान कम मात्र चलेका सवारीको चाप विस्तारै बढ्दै गएको छ । अहिले नियमित रुटमा चल्ने सवारी केहिकम भएपनि चल्न थालेका छन् । सरकारले पनि यातायात व्यवसायीलाई सार्वजनिक

यातायातलाई सुचारु राख्न भनेको छ ।

यसैबीच देशका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिँदा स्थानीय केही त्रसित भएका छन् ।

काठमाडौंका निजी विद्यालयले भने आज विद्यालय बन्द रहने खबर अभिभावकलाई पठाएपछि विद्यालय बन्द छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय