spot_img

“गर्मीका कारण ठोरीका सामुदायिक विद्यालयहरु ३ दिनका लागी फेरि बन्द”

spot_img
spot_img

असार १०, अत्यधिक गर्मी बढेपछि ठोरी गाउँपालिकाले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस हुने,बिरामी हुने र कक्षाकोठामा बसेर पढ्नै नसक्ने वातावरण सृजना भएपछि भोलि असार ११ गते बुधबारदेखि १३ गते शुक्रबारसम्म गापाका सबै सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए।उनले गर्मीका कारण ठोरीका सामुदायिक विद्यालयहरुबाट पठनपाठनमा समस्या आइपरेको र विद्यार्थी बिरामी पर्न थालेको भन्दै गुनासो आउन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।सामुदायिक रेडियो बिजयबस्ती को फोटो।

यसअघि पनि शिक्षा विकास तथा समन्वय इकाई बिरगंजले गर्मी बढेको भन्दै गत असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गरेको थियो।गत शनिबार पानी परेर केही सहज भएको ठोरीको तापक्रम हिजोदेखि बढेर आज झनै असामान्य बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय