काठमाडौं । काठमाडौँको टेकुमा पप्पु कन्स्ट्रक्सनले बनाएको नयाँ पुलमा सवारी आवागमन बन्द गरिएको छ । पुल गुणस्तरहीन भएको भन्दै यसलाई सञ्चालनमा ल्याउन नहुने माग
पहिल्यैदेखि हुँदै आएको थियो ।
परामर्शदाताले सञ्चालनको लागि अयोग्य ठहर गरेको यो पुलमा झण्डै एक वर्ष सवारीसाधन निर्वाध रुपमा चललिरहे । अन्ततः सवारी दुर्घटनाको जोखिम हुन सक्ने भन्दै सरकारले बल्ल यो
पुल बन्द गराएको छ ।
विभागले सञ्चालनमा रोक लगाए पनि ट्राफिक प्रहरीले कडाई नगर्दा जोखिमपूर्ण रुपमा यो पुलबाट सवारी गुड्ने गरेका थिए । अहिले प्रहरीले नै पुलको मुखमा ढुंगा राखेर सवारीको
आवतजावत रोकको हो ।




