spot_img

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र पाकिस्तान भिड्दै

spot_img
spot_img

काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज पाकिस्तानले अपराजित रहेको न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा यी दुई देशबीचको खेल सुरु हुनेछ ।

न्युजिल्यान्ड सेमिफाइनल यात्राबाट एक कदम मात्रै पछि छ । यदि आजको खेलमा पाकिस्तानलाई न्युजिल्यान्डले पराजित गरेमा सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । तर हारेमा बाँकी रहेका दुई खेलमध्ये एक खेलमा जित हात पार्नु पर्ने हुन्छ ।

यता, पाकिस्तान भने आजको खेलमा जसरी पनि जित हात पार्ने लक्ष्यमा छ । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि न्युजिल्यान्डलाई उसले पराजित गर्नै पर्ने हुन्छ । यदि न्युजिल्यान्डसँग हारेमा पाकिस्तानको विश्वकप यात्रा धेरै कठिन हुनेछ ।

६ खेलबाट पाँच खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको न्युजिल्यान्ड ११ अंकका साथमा अंक तालिकाको दोस्रो स्थानमा छ । यता, पाकिस्तान भने ६ खेलबाट दुई खेलमा जित, तीन खेलमा हार र एक खेलमा वषरको कारण अंक बाँड्दै पाँच अंकका साथमा लिगको सातौ स्थानमा छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय