spot_img

निर्मलबस्ती स्वास्थ्य चौकीमा क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

spot_img
spot_img

असार ११

पर्साको ठोरी गाउँपालिकाको आयोजनामा निर्मलबस्ती स्वास्थ्य चौकीमा आज क्षयरोग सम्बन्धी खकार जाँचको माईक्रोस्कोपिक क्याम्प संचालन बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य स्वयम्सेवकहरुलाई क्षयरोग र त्यसको पहिचान गर्न सहयोग होस भन्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा खकार संकलन गर्नको लागि स्वयम्सेवकहरुसंग समन्वय गरी गाउँगाउँ सम्म पुग्ने कार्यक्रम रहेको बताईएको छ । कार्यक्रममा बोल्दै ठोरी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष बही बहादुर पाख्रिनले कुनैपनि रोगलाई सामान्य सोचेर नबस्न गाउँबासीलाई आग्रह गर्नु भएको थियो । समयमै उपचार गरे निको हुने रोग मानिसको हेलचेक्रयईले गर्दा बढ्दै जाने र पछि जटिल बन्ने वहाँको भनाई रहेको थियो । यसै कार्यक्रम अन्तरगत ठोरी गाउँपालिकाको आयोजनामा आगामी असार १४ र १५ गते क्षयरोग छ, छैन भनेर पत्ता लगाउन २ दिने निशुल्क खकार परिक्षण शिविर पनि संचालन हुने भएको छ । ठोरी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित निर्मलबस्ती स्वास्थ्य चौकीमा २ दिने शिविर सञ्चालन हुन लागेको र उक्त शिविरमा ठोरीका सम्पूर्ण बासिन्दालाई आ–आफ्नो खकार परिक्षण गरेर सेवा लिनुहुन अनुरोध गरिएको ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेश थिङले जानकारी दिनुभयो । Image may contain: 2 people, including Ramesh Raj Theeng, people standingठोरी ४ का वडा अध्यक्ष बहि ब. तामाङ को अध्यक्षतामा भएको आजको कार्यक्रमको सहजीकरण गाउँपालिकाका स्वास्थ्य संयोजक रमेश राज थिङ ले गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय