spot_img

सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख नगद दुई लाख घूस सहित पक्राउ

spot_img
spot_img

१२ असार  — सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजित कुमार श्रीवास्तव नगद दुई लाख घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए । उनले कमिसनबापत लिएको दुई लाख घूस रकम भान्सामा रहेको चामलको बोरामा लुकाएर राखेको अवस्थामा श्रीवास्तवलाई पक्राउ गरिएको विष्टले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय