spot_img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का ६ जिल्ला कमिटीको टुंगो लगाए

spot_img
spot_img

असार १२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का ६ जिल्ला कमिटीको टुंगो लगाएको छ । गत असार ९ गते सिंहदरबारमा बसेको प्रदेश कार्यालयको बैठकले पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा र सप्तरी जिल्ला कमिटीलाई पूर्णता दिएको हो। पार्टी एकतापश्चात तल्लो कमिटीले पूर्णता नपाउँदा आलोचना भइरहेका बेला प्रदेश २ का ६ जिल्ला कमिटी टुंग्याइएको हो।बाँकी रहेका दुई जिल्ला महोत्तरी र धनुषाले पनि केही दिनमै पूर्णता पाउने प्रदेश अध्यक्ष प्रभु साहनिकट स्रोतले जनाएको छ।

यसैबीच नेकपाले पर्सामा १६५ सदस्यीय जिल्ला कमिटीको टुंगो लगाएको छ।तत्कालीन नेकपा एमालेले अध्यक्षसहित ८५ सदस्य पाएको छ भने तत्कालीन माओवादी केन्द्रले सचिव सहित ८० सदस्य पाएको छ।एमालेले पाएको सदस्य संख्यामा केही नाम खाली राखिएका छन् ।अध्यक्षमा यसअघि नै पुर्व एमालेका प्रभु हजारा र सचिबमा माओवादीका विजय महत्तो चयन भैसकेका छन् ।तर महत्तोले सचिब पद अस्विकार गर्दै राजीनामा दिएका छन् ।

प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलद्वारा हस्ताक्षरित जानकारी अनुसार गत ९ गते चयन भएको १६५ सदस्यीय कमिटीमा ठोरी गाउँपालिकाबाट मात्र १० जना पर्न सफल भएका छन् ।जिल्ला कमिटीमा पुर्व माओवादीबाट ६ जना र एमालेबाट ४ जनाको नाम समावेश गरिएको हो।पुर्व माओवादीबाट ठोरी गापा उपाध्यक्ष शान्तिमाया थिङ,पुर्व माओवादीको गापा संयोजक हरि सुनार,वडा १ का अध्यक्ष राम प्रकाश कुवर,युवा नेताहरु खगेन्द्र श्रेष्ठ ,राम श्रेष्ठ र रामकाजी श्रेष्ठ जिल्ला कमिटीमा समेटिएका छन् भने पुर्व एमालेबाट जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपाने ,पुर्व जिल्ला सचिवालयका सचिव गङ्गा बहादुर खड्का,वडा ५ का सदस्य सीता खड्का र पत्रकार गोविन्द प्रतापअ श्रेष्ठको नाम पनि जिल्ला कमिटीमा परेको छ। हेर्नुहोस_नामवली

सामुदायिक रेडियो बिजयबस्ती को फोटो।सामुदायिक रेडियो बिजयबस्ती को फोटो।सामुदायिक रेडियो बिजयबस्ती को फोटो।सामुदायिक रेडियो बिजयबस्ती को फोटो।सामुदायिक रेडियो बिजयबस्ती को फोटो।

 

spot_img

ताजा अपडेट

लोकप्रिय