वीरगन्ज १४ असार – बाराको महागढीमाई नगरपालिका स्थित रामनाकामनामाई मन्दिरको निर्माणमा व्यापक भ्रष्टाचार भएको स्थानियहरुले आरोप लगाएका छन् । प्रदेश सरकारले महागढीमाई नगरपालिकालाई उपलब्ध गराएको सर्शत लगानी मध्येको २५ लाखको लगानीमा मन्दिरको चौराता तथा गेट निर्माण कार्य भईरहेकोमा निर्माण कार्य समपन्न हुनु अगावै जमिन भासिएर पिलर ढलनुको साथै चौतारा चिरा चिरा भएको छ ।
हलका पानी पर्दा चौतारा पूर्ण रुपमा भासिए पछि उपभोक्ता समितिले त्यसलाई ढाकछाप गर्न माथी पलास्टर गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । निर्माण कार्य सम्पन्न हुनु अगावै चौतारा भासिनु तथा चौताराको पर्खाल ढले पनि निर्माण कार्यका उपभोक्ता समिति तथा नगरपालिकाको मिलोमतोमा व्यापक अनियमितता भएको स्थानिय सोनालाल कुशवाहालहरुले बताए ।
निर्माण कार्य शुरु भए देखि नै पटक पटक मन्दिरको बिवाद भएको जग्गा धनीसँग बादबिवाद झै झगडा समेत भएको थियो । मिन्दरको दुवै तर्फबाट जग्गा मन्दिर निर्माणमा चापिए पछि जग्गा धनीहरुले बिवाद सृजना गरेका थिए । मन्दिरको दक्षिण तर्फ रहेको जग्गाका जग्गा धनी रामचन्द्र कुशवाहाले मन्दिर निर्माणको क्रममा बलजब्ती सहमति बिपरित १ कठा २ धुर जग्गा उपभोक्ता समितिले कब्जा गरेको दावी गरेका छन् । निर्माण कार्य रोक्न खोज्दा आफु माथी हातपात भएको वताउँदै उनले जग्गा फिर्ता गराईदिन भन्दै जिल्ला अदालत बारामा मुद्दा दायर गरेको बताए । काम तत्काल रोकन जिल्ला अदालत बाराले आदेश दिएको छ । मुद्दा बिराधिन रहेको अवस्था दिन र राती गरी काम गराईएको तथा निर्माण कार्यपूर्ण रुपमा नक्कली गरिएको जग्गा धनि साहले दावी गरे ।
यता निर्माण कार्यलाई अबरोध गर्न खोजिएको तथा बिपक्षीहरुले रातको समयमा चौतारालाई भत्काएको उपभोक्ता समितिहरु मेयर उपेन्द्र यादवलाई जाहेरी दिएका छन् । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादबले घटनाको छानबिन गर्ने तथा दोषीहरुलाई कारवाही गर्ने प्रतिब्धता गर्नु भयो । उनले जग्गा धनीले भने जस्तो जग्गा कब्जा नगरिएको बताउँदै जग्गा सहमतिमा दवै तर्फबाट वाटोको लागि अतिग्रहण गरिएको दावी गर्नु भयो ।
रामनाकामनामाई मन्दिर निर्माण उपभोक्ता समितिकोअध्यक्ष नगरपालिकाका मेयर उपेन्द्र यादवका आफ्नै भाई सुरेश यादब रहेका छन् । निर्माण समितिका अध्यक्ष यादवले निर्माण कार्यमा कुनै भष्टाचारी नभएको बताउँदैै आर्थिक बर्ष २०७४/७५मा भएको निर्माण कार्यमा हलका लापरवाही भएको बताए । उनले हामीले तल काम नगरेको बताउँदै माथी मात्र काम गरेकोले हाम्रो कारणले भासिएको भन्न नमिल्ने तर्क दिनुभयो । निर्माण कार्यमा जग्गा बिबाद भएको कुरा सही भएको भए पनि निर्माण कार्यमा भ्रष्टाचार नभएको उनले दावी गर्नु भयो ।




