वीरगञ्ज,१४ असार — सांसद प्रदिप यादवले शिक्षा क्षेत्रमा अहिले धेरै सुधारको आवश्यक्ता रहेकोले शिक्षाको क्षेत्रमा राजनिति नगर्न शिक्षकहरुलाई आग्रह गर्नु भएको छ ।
संघिय शिक्षक फोरम नेपाल पर्सा शाखाको तेश्रो जिल्ला अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद यादवले बालबालीकाहरुलाई शिक्षा दिने ठाउमा राजनिति नगरिदिन शिक्षकहरुलाई आग्रह गर्नु भयो । शिक्षा क्षेत्रमा अहिले देखिएको बिकृतीका कारण पढाईको स्तर पनि राम्रो नभएको बताउदै सांसद यादवले भने यो प्रदेशमै शिक्षाको स्तर राम्रो बनाउन शिक्षकहरुको अहम भुमीका हुनु पर्नेमा जोड दिनु भयो ।
शिक्षाको क्षेत्रमा देखीएका केही माफीयाहरुका कारण शिक्षाको क्षेत्रमा सुधार हुन नसकेको बताउनु भयो । शिक्षक माफीयाहरुको कारण शिक्षाको गुणस्तरमा सुधार हुन सकेको छैन सांसद यादवले भने शिक्षाको क्षत्रेमा देखीएका माफीयाहरुलाई तह लगाएर शिक्षाको अवस्थामा सुधार ल्याउन तपाई हामी सबैको सहयोगको आवश्यक्ता रहेको बताउनु भयो । राहत शिक्षकहरुमा मधेशीको संख्या बढी रहेकोले सरकारले घर फिर्ता पठाउन खोजेको आरोप समेत लगाउनु भयो । शिक्षकहरुको समस्या आफुले एक हप्ता भित्र पुन संसदमा उठान गर्ने जानकारी गराउदै सांसदल यादवले भने राहत शिक्षकहरुलाई पुन बहालीका लागी कुनै कसर बाकी नराख्ने जोड दिनु भयो । संघिय सरकारले यदी राहत शिक्षकहरुलाई हटाउन खोजे प्रदेश २ को सरकारले निती बनाएर भएपनि राहत शिक्षकहरुलाई नियुक्ती दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी,वीरगञ्ज महानगरका मेयर विजय कुमार सरावगी,पकाहामैनपुर गाउपालीका अध्यक्ष विजय चौरसीया,सखुवा प्रसौनी गाउपालीका अध्यक्ष प्रदिप जैशवाल,समाजवादी पार्टीका नेता राम नरेश यादव,सुन्दर कुर्मी लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संघिय शिक्षक फोरम पर्साका अध्यक्ष बृजमोहन तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । आजै हुने बन्द सत्रबाट संघिय शिक्षक फोरमको नया जिल्ला कार्य समिती चयन हुने छ ।




