spot_img

बिजयबस्ती रहेको श्री प्रगतिशील युवा समाज क्लबलाई जिम सामन बितरण

spot_img
spot_img

 

असार १६
पर्साको ठोरी ४ विजयवस्तीमा रहेको प्रगतिशील युवा क्लबलाई ठोरी गाउँपालिकाले रु २ लाख बराबरको ३० थान शारीरिक तन्दुरुस्तीको लागि जिमका सामग्रीहरु वितरण गरेको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले आज क्लबका सचीव रामशरण श्रेष्ठसहितको क्लबका सदस्यहरुलाई गाउँपालिका कार्यालय घ्याङडाँडामा जिमका सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

गापाको गाउँसभाबाट आर्थिक बर्ष २०७५/७६ मा बिनियोजन भएको रकमबाट जिमका सामग्रीहरु खरीद गरि हस्तान्तरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।क्लबलाई एबी किङ प्रो १ थान,डम्बेल ४० किलोग्राम ४ थान,एक्सर्साइज सेट २०० किलोग्राम ,एक्सर्साइज रुल ४ थान,डम्बेल रेड ६ थान,एक्सर्साइज साइकल १ थान,एक्सर्साइज बेन्च १ थान,फिङ्गर स्प्रीङ ४ थान,पुस अप बार ४ थान र स्किपिङ रोल ४ थान वितरण गरिएको अधिकृत थापाले बताए ।
स्वस्थ समाज निर्माणका लागि शारीरिक अभ्यास अनिवार्य भएकाले जिम सामग्री प्रदान गर्ने गाउँपालिकाको कार्य असाध्यै सर्हानीय रहेको क्लबका अध्यक्ष सनम श्रेष्ठले बताए ।उनले गाउँपालिकाले युवा पुस्ताको भावनालाई समेत सम्बोधन गरेकोले आगामी दिनमा यसले स्वस्थ समाज निर्माणमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे।Image may contain: people sitting

सामग्री हस्तान्तरण कार्यक्रममा ठोरी गाउपालिका वडा सदस्य तेज बहादुर श्रेष्ठ महिला सदस्य कान्छी माया थिङ्ग क्लबका अध्यक्ष ,सचिव , सदस्यहरु,गाउँपालिकाका कर्मचारी लगायत युवा नेता निमा लामाको पनि उपस्थिति थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय