spot_img

भारतको मुम्बईमा भारी वर्षा, जनजीवन कष्टकर, (फाेटाेफीचर)

spot_img
spot_img

असार १७ — भारतको मुम्बईमा भारी वर्षाका कारण जनजीवन कष्टकर बनेको छ । शहरका विभिन्न भागमा पानी जमेका कारण मेट्रो र रेल–वे सेवासमेत अवरुद्ध बनेको छ ।

ट्राफिक व्यवस्था अस्तव्यस्त बनेका कारण क्याम्पस तथा विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका छन् ।

 

पानीका कारण कयौं सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । प्रतिघण्टा २० मिलिमिटरका दरले आएको पानी घर–घरमा पसेकाले अधिकांश मानिसका सरसामान नष्ट भएका छन् ।

तीन दिनदेखि लगातारको वर्षाका कारण जमेको पानी पन्छाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सम्भव नभएको उद्धारकर्मीहरुले जनाएका छन् । मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थलको मूख्य धावनमार्गसमेत बन्द भएको छ । विमानस्थलको वैकल्पिक धावनमार्गबाट विमान उडान र अवतरण भइरहे पनि कयौं उडान प्रभावित भएको बताइएको छ ।

 

 

वर्षा प्रभावितहरुलाई सुरक्षित रहने अपील गरिएको छ । मुम्बईमा हरेक बर्ष भारी वर्षाका कारण जनधनको क्षति हुने गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय