बारा,१७ असार – बाराको महागढीमाई नगरपालिका १ बरियारपुर निवासी उपेन्द्र जैसवालले बिभिन्न व्यक्तिहरुसँग सिंगापुर रोजगारीमा पठाईदिने भन्दै करिब ३० लाख बाराबरको गठी गरेको छ । वैदेशिक रोजगारीका लागि पठाई दिने भन्दै पैसा लिएर जैसवाल फरार रहदै आएका थिए । पिडितहरुले पटक पटक पठाईदिन अथवा पैसा फिर्ता गरि दिन ताकेता गर्दा पनि पैसा दिन नमाने पछि पिडितहरुले प्रहरीमा उजुरी दिएका थिए ।
पिडितहरुको उजुरीको अधारमा जैसवाललाई वडा प्रहरी कार्यालय श्रीपुर पर्सार्ले आइतवार पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका जैशवालले सोमबार ६ लाख फिर्ता गर्ने तथा बाकी पैसा १० दिन पछि दिने प्रहरी,जनप्रतिनिधि तथा पिडितहरुको छलफलमा आइतबार सकार गरेका थिए । सोमबार बेलुका सम्म पनि पैसा लिने पिडितहरुको श्रीपुर वडा प्रहरी कार्यालय पर्सामा भिड रहेको भए पनि उनले पैसा भने दिन सकेनन् । पक्राउ परेका जैसवाल माथी महानगरिय अपराध महाशाखा काठमाण्डौंमा पनि गठी मुद्दा रहेको श्रीपुर वडा प्रहरी कार्यालय पर्सा प्रहरी निरिक्ष च्रक्रबहादुर मल्लले वताउनु भयो ।
मल्लका अनुसार जैसवालले अन्य थुपै जनासँग पैसा गठी गरेको देखिएको तथा अहिले पनि पैसा लिएको दावी गर्नेहरुको आउँने क्रम जारी रहेकोले कति पैसा गठी गरेको एकिन नभईसकेको वताउनु भयो । उनले श्रम तथा रोजगार बिभागले पनि वैदेशिक रोजगारीको मुद्दा हेर्ने भएको तथा काठमाण्डौंमा पनि उनी बिरुद्ध गठी मुद्दा रहेकोले थप अनुसन्धानको लागि काठमाण्डौं पठाइएको जनकारी दिनु भयो ।
जैसवाल मामुद गठ रहेको तथा उसको गिरोहमा अन्य पनि धेरै जना समलग्न रहेको देखिएको बताउँदै यो ठगी प्रकरणमा संमलग्न रहेको अन्यहरको पनि खोजी तथा अनुसन्धान जारी रहेको प्रहरी निरिक्ष मल्लले बताउनु भयो । उपेन्द्र जैसवालले विरुद्ध ठगी मुद्दा बुद्धिमान श्रेष्ठले काठमाण्डौं अपराध महाशाखामा दिएका छन् । जैसवाललाई छुटाउँन वीरगन्जमा एक गिरोह नै सक्रिय रहेको तथा प्रहरीलाई छोडन दबाव आइरहेको स्रोतले दावी गरेको छ ।




