वीरगंज, १८ असार — वीरगंज महानगरपालिका नेपाली काँग्रेस वडा कार्य समिति ३ पर्साले स्व गिरिजा प्रसाद कोइरालाको ९५ औं जन्म जयन्ति मनाएको छ ।
लोकतान्त्रीक गणतन्त्र नेपालको प्रथम राष्ट्रअध्यक्ष,पुर्व प्रधानमन्त्री नेपाली कांग्रेसका पुर्व सभापति नेपाली राजनीतिका शिखर पुरुष स्व गिरिजा प्रसाद कोइरालाको ९५ औं जन्म जयन्तिको अवसरमा नारायणी अस्पतालमा रहेका विरामीहरुलाई फलफुल र पानि वितरण गरी मनाईको छ ।
नेपाली काँग्रेस वडा कार्य समिति ३ का सभापति शेख निजामुदिनको अध्यक्षतामा भएको कार्यक्रममा मौन धारण फलफुल वितरण र सरफाई गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि विरगंज महानगरपालिका का उपमेयर शान्ती कार्कीले आफनो मन्तव्यमा कोइरालाई ब्यक्तित्व, बिचार र राजनैतिक भूमिका देखि राष्ट्र प्रमुख सम्मको यात्राका बारेमा चर्चा गरिएको थियो ।
यस्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले गिरिजा बाबुको नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेको र तत्कालिन नेकपा माओबादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका खेलेका थिए । तर हालकोे सरकारले दुई तिहाईको दम्बमा भ्रष्टचार गरी रहेको औल्लायाए भने स्व गिरिजा प्रसाद कोइरालालाई समझिदै छौ यदी उहा भईदिएको भए देशको यो अवस्था नरहने बताए ।
कार्यक्रममा जिल्ला सदस्य र जिपी फाउन्डेशनका अध्यक्ष महमद साहबुदिन, प्रेस यूनियन पर्साका कोषअध्यक्ष ईफान अलि, प्रेस युनियन सचिव लालकिशोर सिंह, प्रकाश उपाध्याय, दिना गुप्ता, अमजद अंसारी लगायतको उपस्थिति रहेको थियो । फलफुल वितरण कार्यक्रम नारायणी अस्पतालका सम्पुर्ण विरामीहरुलाई उपल्बध गराईको थियो ।




