spot_img

बीरगंजकाे एच.डी.टेक्नोलोजी प्रा.ली.मा  छापामारी, कार्यालयमा शिलबन्दी, ३ जना पक्राउ

spot_img
spot_img

बीरगंज, २० असार — राजश्व ठगी गरेको आरोपमा स्थानीय प्रशासनले  बीरगंजको गहवामा रहेको एच.डी.टेक्नोलोजी प्रा.ली.मा  छापामारी गरी शिलबन्दी गरेको हो ।
प्रसारण संस्थाको कन्ट्रोल रुपमा शिलबन्दी गरि ७ वटा बैंकको चेक तथा अन्य कागजात समेत नियन्त्रणमा लिएको छ । अनाधिकृत रुपमा टिभी सेटअप बक्समा कार्ड नराखी बीरगंज भरी टिभी च्यानल प्रशारण गरी राजश्व चुहावट गरेको अाराेपमा प्रशारण संस्थाका संचालक बिजेन्द्र प्रसाद चौरसिया, युवराज भट्टराई र दिनेश कुम्हाललाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत भानुभक्त बरालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत भानुभक्त बराल, जिल्ला हुलाक कार्यालयका सरोज प्रसाद पौडेल, आन्तरिक राजश्व कार्यालयका उदयराम केसी र जिल्ला प्रहरी कार्यालयका अर्जुन कुमार अधिकारीको संयुक्त टोलीले अवैध रुपमा केबुल प्रशारणको सूचना पाएको आधारमा छापामारी गरेको हो ।
१ वर्ष देखि हाम्रो टिभी च्यानलको सेटअपबक्स प्रयोग गरि मैक्स टिभी च्यानल प्रशारण गरी हजारौ ग्राहकसंग ३ सयको दरले पैसा उठाएर बिल समेत नदिई लाखौ रुपैया राजश्व चुहावट गरेको आरोपमा उनिहरुलार्इ  पक्राउ गरेकाे स्थानिय प्रशासनले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय